हाम्रो ब्याटिङ र बलिङमा कुनै शंका छैन : मोन्टी देशाईं

नेपालभ्युज

हाम्रो ब्याटिङ र बलिङमा कुनै शंका छैन : मोन्टी देशाईं

काठमाडौं। टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोट क्रिकेट सोमबारदेखि सुरु हुँदैछ। नेपालले पहिलो खेलमा सिङ्गापुरसँग प्रतिस्पर्धा गर्दैँछ।

आइतबार आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा नेपाली क्रिकेट टोलीको तयारीबारे कप्तान रोहित कुमार पौडेल र मुख्य प्रशिक्षक मोन्टी देशाईंले जानकारी गराएका छन्।

कप्तान रोहितले भने, ‘शुक्रबार भएको फाइनलबाहेक विगत ६–७ महिनादेखि हाम्रो ब्याटिङ राम्रो भइरहको छ।’ उनले टोली तयार र उत्साहित पनि भएको बताए।

‘सन् २०१४ मा नेपालले टी–२० विश्वकप खेलेको देखेर हामीमध्ये धेरैले क्रिकेट सुरु गरेका थियौँ। त्यो उत्साहलाई लिएर विश्वकप छनोट खेल्दै छौँ। जसरी हुन्छ टोलीलाई छनोट गर्नुपर्छ भन्ने मान्यताका साथ अघि बढेका छौँ’, रोहितले बताए।

प्रशिक्षक देशाईले भने टोलीको तयारीलाई लिएर कुनै शंका नभएको बताए। प्रशिक्षक देशाईले भने,‘टी–२० फास्ट पेस खेल हो। सबैको सामान्यतया कतिको स्ट्राइक रेटमा खेल्ने भन्ने मानसिकता हुन्छ। यस्तो हुँदा जोखिम हुन्छ। कहिले रन आउँछ। कहिले आउँदैन। कहिले पराजय पनि भोगिन्छ। त्यसैले पनि बलिङ र ब्याटिङ टोलीमा कुनै शंका छैन।’

उनले कुन क्षणमा खेललाई परितवर्तन गर्न सकिन्छ भन्नेमा सबै खेलाडीको अभ्यास भएको बताए। उनले हरेक खेल सकिएपश्चात गरिएको गृहकार्यले छनोटको प्रदर्शनमा साथ दिने बताए। यस्तै, सन्दीप लामिछानेको आगमनले टोली सकरात्मक, उत्साहित र बलियो भएको पनि प्रशिक्षक देशाईले बताए।

सोमबारदेखि सुरु हुने छनोट खेल त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा सुरु हुँदैछ। पहिलो दिन ४ खेल हुनेछ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा नेपाल र सिंगापुर बिहान ९ बजे आमने सामने हुनेछन्। सोही समयमा यूएई र बहराइनबीच पनि प्रतिस्पर्धा मुलपानीमा सुरु हुनेछ।

ओमान र माल्दिभ्सको खेल सवा १ बजे कीर्तिपुरमा सुरु हुनेछ। हङकङ र कुवेतको भने मुलपानीमा सुरु हुनेछ। अगामी आइतबार प्रतियोगिताको फाइनल हुनेछ। फाइनल खेल्ने दुवै टोली विश्वकपको लागि छनोट हुनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved