देवयानीले सुरु गर्यो विराटनगरमा केएफसी र पिज्जा हट

नेपालभ्युज

देवयानीले सुरु गर्यो विराटनगरमा केएफसी र पिज्जा हट

विराटनगर । देवयानी इन्टरनेशनल नेपाल प्रा‍‌.लिले विराटनगरमा केएफसी र पिज्जा हट सञ्चालनमा ल्याएको छ । देवयानीले विराटनगरमा सञ्चालनमा ल्याएको उक्त केएफसी पहिलो हुनेछ भने नेपालमा १७औँ हुनेछ ।

विराटनगरको मुटुमा रहेको द सेन्चुरियन मलमा अवस्थित यी नयाँ रेस्टुरेन्टहरूले स्वाद र भोजनको अनुभवलाई अझ यादगार बनाउने भएका छन् । यहाँ हट एण्ड क्रिस्पी चिकनदेखि लिएर स्वादिष्ट चिकन पपकर्न, चिकेन स्ट्रिप्स, र सधैँ लोकप्रिय जिङ्गर बर्गरसम्म सबै केएफसी आइटम उपलब्ध हुनेछ ।

यसैबिच, नेपालको सबैभन्दा प्रिय र भरपर्दो पिज्जा ब्रान्ड पिज्जा हटले विभिन्न प्रकारका टपिङहरू, स्वादिष्ट पास्ता व्यंजनहरू र एपेटाइजरहरूका साथ आफ्नो प्रसिद्ध पिज्जाहरू उपलब्ध हुने कम्पनीले जनाएको छ । पिज्जा प्रेमीहरूको लागि आफ्नो पिज्जा स्वादअनुसार अनुकूलन गर्ने विकल्प पनि रहेको बताइएको छ ।

विराटनगरमा रहेको केएफसी र पिज्जा हट रेस्टुरेन्टले ग्राहकहरूलाई भोजन गर्न स्वच्छता र सुरक्षाको उच्चतम मापदण्ड कायम गरेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved