सेनेगल राष्ट्रिय फुटबल टिमका पूर्वडिफेन्डर डियाग्ने धनगढी एफसीमा अनुबन्धित

नेपालभ्युज

सेनेगल राष्ट्रिय फुटबल टिमका पूर्वडिफेन्डर डियाग्ने धनगढी एफसीमा अनुबन्धित

काठमाडौं । सेनेगल राष्ट्रिय फुटबल टिमका पूर्व डिफेन्डर फलु डियाग्ने धनगढी एफसीमा अनुबन्ध भएका छन् । एफसीले शनिवार विदेशी खेलाडीका रूपमा अनुबन्धन गरेको हो ।

पछिल्लो पटक चेन्नई एफसीको प्रतिनिधित्व गरेका ३४ वर्षीय डियाग्नेले यसअघि फ्रान्सको लिग वान् एफसी मेट्ज, बुन्डेसलिगाको फ्राइबर्ग र वेडेर ब्रेमनबाट पनि खेलिसकेका छन् । उनले सेनेगली टिमका लागि चार क्याप जितेका छन् । धगनढीकाअनुसार एनएसएलमा आवद्ध विदेशी खेलाडीमध्ये डियाग्ने अहिलेसम्मकै सबैभन्दा अनुभवी हुनेछन् ।

उनले धनगढीमा अनुबन्ध हुन पाउँदा खुसी लागेको र टिमलाई सशक्तरूपमा योगदान पुर्‍याउने प्रयास गर्ने बताएका छन् ।

एनएसएलको दोस्रो संस्करण मंसिर ८ देखि सुरू हुँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved