एनआरएनए विवाद : बद्री केसी र आरके शर्माबीच सहमति खोज्ने प्रयास

नेपालभ्युज

एनआरएनए विवाद : बद्री केसी र आरके शर्माबीच सहमति खोज्ने प्रयास

काठमाडौं।  गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रको विवादमा दुई पक्षबीच छलफल सुरु भएको छ ।

सहमति खोज्ने प्रयास स्वरूप नवनिर्वाचित अध्यक्ष बद्री केसीले विद्रोही पक्षद्वारा घोषित अध्यक्ष आर के शर्मासँग भेटवार्ता गरेका हुन् ।

बिहीबार साँझ ठमेलस्थित हिमालयन जाभामा भएको भेटमा डा. केसीले मिलेर जान शर्मालाई प्रस्ताव गरेका थिए ।

उनले एनआरएनए निर्वाचनमा भएको भनिएको धाँधलीको विषयमा छानबिनका लागि आफू मातहतको समिति बनाउन प्रस्ताव गरेका थिए ।
तर, शर्माले पुनर्निर्वाचन नभएसम्म अरू विकल्पमा सोच्न नसकिने जवाफ दिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved