बाथको दुखाइ छ भने प्रयोग गर्नुहोस् मरौटी

नेपालभ्युज

बाथको दुखाइ छ भने प्रयोग गर्नुहोस् मरौटी

एजेन्सी । मरौटी प्रायः नेपालको हरेक स्थानमा पाइन्छ । जसको विरुवा तथा जराको प्रयोगले विभिन्न रोगको उपचार गर्न सकिन्छ । यसले बाथको दुखाईबाट पनि आराम दिन्छ ।

जानौं यसका अन्य फाइदा बारे—

– यदि तपाईंलाई बाथको दुखाइ छ भने दैनिक बिहान मरौटीको धुलोलाई मनतातो पानीसँग पिउनुहोस् । दुखाई कम हुन्छ ।

– यसमा एन्टीब्याक्टेरियल गुण हुन्छ । त्यसैले ज्वरो कम गर्न पनि सहयोगी हुन्छ । डाक्टरले पनि सामान्य ज्वरोमा यसको धुलो सेवन गर्न सल्लाह दिन्छन् ।

– यदि तपाईंलाई धेरै दिनसम्म सुक्खा खोकी लागिरहेको छ भने पनि मरौटीको धुलो खान सक्नुहुन्छ । यसमा थोरै मह र सुठो मिसाएर खानुहोस् सुख्खा खोकी कम हुन्छ ।

– त्यस्तै कहिलेकाहीँ बाडुल्की लागेर पनि समस्यामा पार्छ । यस्तो अवस्थामा मरौटीको धुलोमा मह मिसाएर तातो पानीसँग पिउँदा राहत हुन्छ ।

– यसमा हुने एक्टीब्याक्टेरियल गुणले घाउ पनि छिटो निको हुन्छ । त्यसले यसको लेप तयार गरेर घाउमा लगाउनुहोस् यसले घाउको भागमा सुन्निएको पनि कम हुन्छ ।

सावधानी

यदि तपाईंलाई मधुमेह, मिर्गौलासम्बन्धी रोग तथा एलर्जीको समस्या छ भने डाक्टरको सल्लाहबिना मरौटीको सेवन नगर्नुहोस् । यसले चिलाउने, पाचनसँग जोडिएको समस्या हुन सक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved