दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

नेपालभ्युज

दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं । नेपाल प्रहरीले दशैंको टिका ग्रहण गर्न जाने सर्वसाधारणको सुविधा तथा सहज आवागमनको लागि निःशुल्क बस सेवा सञ्चालन गर्ने जनाएको छ ।
दशैंको टिकाको दिन नेपाल प्रहरी प्रधान कार्यालयले टिका ग्रहण गर्न जाने सर्बसाधारणका लागि निःशुल्क बस सेवा सञ्चालन गर्ने जनाएको हो ।

कात्तिक ७ गते विजया दशमीका दिन उपत्यकाको २ वटा रुटमा बिहान र अपरान्ह गरी दुई चरणमा निःशुल्क बस सेवा सञ्चालन हुनेछ । नेपाल प्रहरी प्रधान कार्यालय, सवारी महाशाखाका अनुसार टिकाको दिन बिहान ८:३० बजे र अपरान्ह ४ बजे बा १ ग २५९१ नम्बरको बसले नेपाल प्रहरी प्रधान कार्यालय नक्सालबाट बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, नयाँ बसपार्क, बालाजु, स्वयम्भु, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माईतीघर, पुतलिसडक, कृष्णपाउरोटी, जय नेपाल हुँदै पुन:नक्शाल सम्म नि:शुल्क रुपमा सेवा प्रवाह गर्नेछ ।

त्यस्तै, अर्को बा १ ग २६०८ नम्बरको बसले नेपाल प्रहरी प्रधान कार्यालय नक्सालबाट रातोपुल, गौशाला, एअरपोर्ट, कोटेश्वर, नयाँ ठिमी, सल्लाघारी, सूर्यबिनायक चोकबाट सोही रुट फिर्ता भै कोटेश्वर, गौशाला, चाबहिल, सुकेधारा, महाराजगञ्ज, शिक्षण अस्पताल, बालुवाटार हुदै पुनः नक्सलासम्म नि:शुल्क बस सेवा सञ्चालन हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved