अब सरकारी कर्मचारीलाई इन्धनको साटो नगदै, विद्युतीय साधन चढ्नेले पनि खर्च पाउने

नेपालभ्युज

अब सरकारी कर्मचारीलाई इन्धनको साटो नगदै, विद्युतीय साधन चढ्नेले पनि खर्च पाउने

काठमाडौं । सरकारी कर्मचारीले इन्धनबापत पनि नगदै पाउने भएका छन् । सरकारले कर्मचारीलाई इन्धनको साटो नगद दिन लागेको हो । ‘सवारी साधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद प्रदान गर्ने निर्देशिका, २०८०’ स्वीकृत गरेसँगै उक्त नियम लागू हुने भएको हो ।

इन्धन खर्चमा मितव्ययीता अपनाई सुशासन कायम गर्नका लागि यो नियम ल्याएको अर्थ मन्त्रालयले जनाएको छ । अब मासिक रूपमा सचिवले १२५ र सहसचिवले १०० लिटर इन्धन बराबरको रकम एकमुस्ट पाउने छन् । यसैगरी त्रैमासिक रूपमा पाँच लिटर मोबिल तथा ब्रेकआयलको सुविधासमेत पाउने छन् ।

विद्युतीय सवारीसाधन प्रयोग गर्नेले भने इन्धनबापत उपलब्ध गराउने रकमको आधा रकम पाउने निर्देशिकामा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved