इजरायलबाट उद्धार गरिएका १८ मध्ये ७ जना महेन्द्रनगर पुगे

नेपालभ्युज

इजरायलबाट उद्धार गरिएका १८ मध्ये ७ जना महेन्द्रनगर पुगे

काठमाडौं  इजरायलबाट उद्धार गरेर ल्याइएका १८ जना नेपालीमध्ये ७ जना गड्डाचौकी नाका हुँदै महेन्द्रनगर पुगेका छन् ।

भारतीय उद्धार उडानमार्फत दिल्ली आएकामध्ये ७ जनालाई नेपाली दूतावासले बस रिजर्भ गरेर महेन्द्रनगर पठाएको हो । बाँकी ११ जना जहाजमार्फत काठमाडौं आउनेछन् ।

बुधबार महेन्द्रनगर आइपुग्नेमा कैलाली टीकापुरका नन्दसिंह पुन, नुवाकोट लिखुका राजकुमार मानन्धर, काठमाडौंका लक्ष्मी दुलाल, मोरङ उर्लाबारीका निश्चल सिंह, पाल्पाकी दिलकुमारी अधिकारी, ललितपुरकी ममता थापा र स्याङ्जाकी अस्मिता गुरुङ रहेका छन् ।

महेन्द्रनगर आइपुगेका सबैलाई बुधबारै घरतर्फ पठाइने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved