न्यायपालिका सुधारउन्मुख भइरहेको छः प्रधानन्यायाधीश श्रेष्ठ

नेपालभ्युज

न्यायपालिका सुधारउन्मुख भइरहेको छः प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिका सुधारउन्मुख भइरहेको बताएका छन् ।

छिटो, छरितो र गु्णस्तरीय न्याय सम्पादन तथा सेवा प्रवाह एवं सुशासन र जनआस्था अभिवृद्धिलाई केन्द्र बिन्दुमा राखेर न्यायपालिका सुधारको अभियानमा अग्रसर भईरहेको उनको दाबी थियो ।

आईतवार उच्च अदालत पाटनको नवनिर्मित भवनको उदघाटन गर्दै प्रधानन्यायाधीश श्रेष्ठले सामूहिक प्रतिवद्धता, जिम्मेवारीप्रतिको समर्पण, लक्ष्यप्रतिको दृढ संकल्प र मेहनतले न्यायपालिकामा सुधारका स्पष्ट संकेतहरु समेत देखापर्न थालेको उल्लेख गर्दै त्यस कार्यमा संलग्न सबै पक्षप्रति आभार व्यक्त गरे । उनले २ वर्ष नाघेका मुद्दालाई बाँकी रहन नदिने लक्ष्यका साथ अदालतहरु क्रियाशील रहेको समेत बताए ।

प्रधानन्यायाधीश श्रेष्ठले भने, ‘नेपालको संविधानले प्रत्याभूति गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको मूल्य मान्यतालाई अक्षुण राख्दै छिटो, छरितो, स्वच्छ, निष्पक्ष, शुलभ, गुणस्तरीय माध्यमबाट सबैलाई न्याय सुनिश्चित गर्न यस नवनिर्मित भवनबाट हुने न्याय सम्पादन र काम कारवाहीले थप योगदान पुग्नेछ भन्ने मेरो अपेक्षा छ ।’

उनले मानव अधिकार तथा संविधान प्रदत्त नागरिकका मौलिक हक अधिकारहरुको संरक्षण प्रत्याभूतिमा समेत थप प्रभावकारिता आउने विश्वास व्यक्त गरे । उनले भने,  ‘न्यायिक सुधारको क्षितिजलाई अझ फराकिलो बनाऔं, यहाँहरुबाट आगामी दिनमा त्यसै अनुसारको क्रियाशीलताको अपेक्षा गर्दछु ।’

उनले २ वर्ष नाघेका मुद्धालाई बाँकि रहन नदिने लक्ष्यका साथ अदालतहरु क्रियाशील रहेको समेत बताए ।

कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उच्च अदालत पाटनको कामकारबाहीप्रति आफूहरु खुशी रहेको बताए । उनले सो अदालतको चौतारोलगायतका भौतिक पूर्वाधार निर्माणमा पनि महानगरपालिका तयार रहेको बताए ।

मेयर महर्जनले भने, ‘उच्च अदालत पाटनसँग हामीले थुप्रै बिन्दुहरुमा सहकार्य गरेका छौं । र, त्यो राम्रो छ । हामी खुशी छौं । त्यहाँ चौतारालगायतका भौतिक पूर्वाधार हामी बनाई दिन्छौं ।’

मेयर महर्जनले उच्च अदालत पाटनको भवन निर्माण कार्य समयमै सम्पन्न भएको भन्दै सम्बन्धित पक्षलाई धन्यवाद समेत दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved