सरकार र स्थानीय तहका कर्मचारीबीच १९ बुँदे सहमति, आन्दोलन फिर्ता

विभिन्न माग राखी केही सातादेखि आन्दोलन गरिरहेका स्थानीय तहका कर्मचारी सरकारबीच १९ बुँदे सहमति भएको छ । सहमतिसँगै कर्मचारीको आन्दोलन पनि फिर्ता भएको छ ।

नेपालभ्युज

सरकार र स्थानीय तहका कर्मचारीबीच १९ बुँदे सहमति, आन्दोलन फिर्ता

काठमाडौं । विभिन्न माग राखी केही सातादेखि आन्दोलन गरिरहेका स्थानीय तहका कर्मचारी सरकारबीच १९ बुँदे सहमति भएको छ । सहमतिसँगै कर्मचारीको आन्दोलन पनि फिर्ता भएको छ ।

निजामती ऐनमा संघ प्रदेश संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरूको सेवा र शर्तका विषयमा न्यूनतम मापदण्ड तय गर्ने, स्थानीय सेवाका स्थायी कर्मचारीहरूलाई निजामती कर्मचारीका रूपमा परिभाषित गर्ने व्यवस्थाका लागि प्रदेश कानून निर्माणताका पहल गर्नेलगायत सहमतिपछि आन्दोलनका कार्यक्रम फिर्ता भएको हो ।

संघीय निजामती विधेयकमा आफूहरूलाई विभेद गरेको भन्दै स्थानीय तहका कर्मचारी आन्दोलित थिए ।

सहमति पत्रमा संघीय मामिला मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराई र संघर्ष समितिका संयोजक दीपक गौतह लगायतले हस्ताक्षर गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved