कोशीको राजनीतिक परिस्थितिले संघीय सरकारलाई असर गर्दैनः कृषिमन्त्री भुसाल

नेपालभ्युज

कोशीको राजनीतिक परिस्थितिले संघीय सरकारलाई असर गर्दैनः कृषिमन्त्री भुसाल
फाइल तस्वीर

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले नेकपा मुलुकमा एमालेले अत्यन्तै गैरजिम्मेवार भूमिका निर्वाह गरिरहेको आरोप लगाए ।

संघ, प्रदेश र संसद पनि एमालेले गैरजिम्मेवारी भूमिका निर्वाह गरिरहेको उनको जिकिर थियो । शनिवार जनकपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री भुसालले कोशी प्रदेशमा उत्पन्न पछिल्लो राजनीतिक परिस्थितिले संघीय सरकारलाई कुनै असर नगर्ने दावी समेत गरे । उनले एमालेले मुलुकमा अस्थिरता निम्त्याउने प्रयत्नलाई जारी राखेको पनि बताए ।

‘एमाले मुलुकमा अस्थिरता चाहन्छ । र, अस्थिरतामा आफूले फाईदा लिन चाहन्छ । अहिले पनि उसको भूमिका त्यही नै छ’ मन्त्री भुसालले भने, ‘चाहे प्रदेश सरकारको कुरा गरौं, चाहे संघीय सरकारको कुरा गरौं । चाहे संसद भित्रको कुरा गरौं । जहाँ पनि उसको भुमिका भनेको मुलुकका राजनीतिक अस्थिरता सृजना गर्ने । त्यस्तो खालको गतिविधि गर्ने गरेको छ ।’

एमालेको यस्तो प्रयत्नले तात्विक भिन्नता नल्याउने उनले बताए । ‘कोशी प्रदेशमा चाहीँ अत्यन्तै साँघुरो मत भएको हुनाले त्यसो हुन गएको हो,’ उनले भने ।

एक अर्को प्रसङ्गमा मन्त्री भुसालले सरकारले कृषि क्षेत्रमै रोजगारीको अवसर सिर्जना गर्नका लागि अभियान चलाउन लागेको बताए । बाँझो जमिनको पहिचान गरी त्यस्ता जमिनमा खेती गर्नका लागि किसानहरुलाई प्रेरित गर्ने योजना उनले सुनाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved