कोशीमा मुख्यमन्त्री दाबी गर्ने समय सकियो, अब नियुक्ति प्रक्रिया अघि बढ्ने

प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री दाबी गर्नका लागि दिएको समय अहिले पाँच बजेसँगै सकिएको छ । खापुङका अनुसार अब मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्नेछ ।

नेपालभ्युज

कोशीमा मुख्यमन्त्री दाबी गर्ने समय सकियो, अब नियुक्ति प्रक्रिया अघि बढ्ने

काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठनको विषयले राष्ट्रिय राजनीति नै तरंगित भएको छ ।

नेपाली कांग्रेसको शेखर कोइराला पक्षले नेकपा एमालेसँग मिलेर मुख्यमन्त्रीको दाबी गरेसँगै राजनीति तरंगित भएको हो ।

यहाँ गठबन्धनतर्फबाट माओवादी संसदीय दलका नेता इन्द्र आङ्बो र एमाले–शेखर पक्षबाट केदार कार्कीले मुख्यमन्त्रीको दाबी गरेका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री दाबी गर्नका लागि दिएको समय अहिले पाँच बजेसँगै सकिएको छ । खापुङका अनुसार अब मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्नेछ ।

तर, कसलाई मुख्यमन्त्री नियुक्त गर्ने भन्ने अन्योल कायम छ ।

यहाँ दुवै पक्षले ४७–४७ जना सांसदको समर्थन रहेको हस्ताक्षर बुझाएका छन् ।

शेखर पक्षका ८ सांसदले भने आफ्नो हस्ताक्षर दुरुपयोग भएको बनाइरहेका छन् । उनीहरु अहिले सशरीर प्रदेश प्रमुखमा उपस्थित छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved