कैद सजाय माफी नगर्न भन्दै सिंहदरबार अगाडि प्रदर्शन गर्नेहरू पक्राउ (फोटोहरू)

कैद सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग बन्द गर्नुपर्ने र शान्ति सम्झौताको मर्मअनुरूप पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर्नुपर्ने माग राखेर सिंहदरबारमा प्रदर्शन गर्नेहरू पक्राउ परेका छन्।

नेपालभ्युज

कैद सजाय माफी नगर्न भन्दै सिंहदरबार अगाडि प्रदर्शन गर्नेहरू पक्राउ (फोटोहरू)

काठमाडौं। कैद सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग बन्द गर्नुपर्ने र शान्ति सम्झौताको मर्मअनुरूप पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर्नुपर्ने माग राखेर सिंहदरबारमा प्रदर्शन गर्नेहरू पक्राउ परेका छन्।

मानवअधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीसहितका अधिकारीकर्मीहरू नियन्त्रणमा परेका हुन्।

प्रदर्शनमा समाजका संस्थापक कृष्ण पहाडी सहितका अधिकारकर्मी सहभागी थिए। उनीहरूले १६ जना अधिकारकर्मी नियन्त्रणमा रहेका जनाइएको छ।

उनीहरूले संक्रमणकालीन न्याय प्रक्रिया सम्बन्धी संसदमा प्रस्तुत संशोधन विधेयक मानवअधिकारमैत्री बनाउनुपर्ने, फागुन १ गते बिदा दिने निर्णय खारेज हुनुपर्ने र कैद सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग बन्द गर्नुपर्ने माग राखेका छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved