कानून मिचेर हवाइ भाडा वृद्धि गरे कारबाही हुन्छः मन्त्री किराँती

नेपालभ्युज

कानून मिचेर हवाइ भाडा वृद्धि गरे कारबाही हुन्छः मन्त्री किराँती
फाइल फोटो

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले हवाई भाडालाई नियन्त्रण गर्नका लागि नेपाल वायुसेवा निगमले जहाज थप गर्नुपर्ने बताएका  छन् ।

बिहीवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री किरातीले अनियन्त्रित भाडा वृद्धिलाई नियन्त्रण गर्नका लागि नेपाल वायुसेवा निगमले जहाज खरिद गर्नुपर्ने बताएका हुन् ।

उनले नियमभन्दा बाहिर गएर हवाइ भाडा वृद्धि गर्न कसैलाई छुट नभएको बताए । उनले निजी कम्पनिहरुलाई सरकारले बढी नियन्त्रण गर्न पनि नसक्ने भन्दै उनले नीजि कम्पनिहरु ऐन, कानूनभन्दा बाहिर जान पनि नपाउने बताए ।

उनले भने, ‘नियमभन्दा बाहिर जान कसैलाई पनि छुट छैन । बजारमा भएको अनियन्त्रित भाडालाई नियन्त्रण, हस्तक्षेप गर्नको निम्ति नै नेपाल वायु सेवा निगममा जहाज चाहिन्छ । त्यही कारणले जहाज किन्ने प्रक्रियामा हामी प्रवेश गरिसकेका छौँ, त्योभन्दा अन्यथा हुँदैन ।’

नीजि कम्पनिहरुलाई  बढी नियन्त्रण गर्दा नीजि कम्पनिमैत्री  हुन नसक्ने बताउँदै मन्त्री किराँतीले भने, ‘उनीहरु पनि ऐन, कानूनभन्दा बाहिर जान पाउँदैनन् । मनपरी उठाउन कसैले पाउँदैन । स्वेच्छाचारी हुन कसैलाई छुट छैन । कानूनभन्दा बाहिर गएमा कारबाही हुन्छ । ऐन, कानूनभन्दा बाहिर छ भने म आजै एक्शन गर्छु ।’

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved