अर्थतन्त्र सुधारका लागि घरजग्गाको हदबन्दी खुकुलो बनाउनुपर्छ : अध्यक्ष मल्ल

नेपालभ्युज

अर्थतन्त्र सुधारका लागि घरजग्गाको हदबन्दी खुकुलो बनाउनुपर्छ : अध्यक्ष मल्ल

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्र सुधारका लागि घरजग्गा काराेबारको हदबन्दी खुकुलाे बनाउनुपर्ने बताएका छन् । राष्ट्रिय  आर्थिक बहसमा आफ्नो भनाइ राख्दै अध्यक्ष मल्लले सरकारले घरजग्गा काराेबारमा खुकुलाे नीति ल्याउनुपर्ने बताए ।

अहिलेको अवस्थामा राष्ट्रिय बहस सकारात्मक भएको उनकाे धारणा छ । यस बहसले कत्तिको उपलब्धि हासिल गर्न सक्छ त्यसको लागि चेम्बर अफ कमर्सले पुन: क्रसचेकका लागि एक महिनापछि कार्यक्रम राख्ने बताउँदै उनले आयात राेक्न, स्वदेशी उत्पादनलाई कसरी प्रवर्द्धन गर्ने कुराहरूमा जाेड दिनुपर्ने बताए ।

घरजग्गा काराेबार भर्खर खुले पनि संकुचन नहटेकाले सरकारले विशेष नीति लिन आवश्यक रहेको औंल्याए । लगानीमैत्री वातावरण निर्माणका लागि घरजग्गाको हतबन्दीमा खुकुलाे बनाउने, पर्यटकीय क्षेत्रलाई प्रवर्द्धन लगायतका कार्य गरे मात्र अर्थतन्त्र सुधार हुने उनले बताए ।

सिडी रेसियाे बढेको र लगानी गर्ने वातावरण नभएकाेले अर्थतन्त्र संकुचन भएकाे उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved