रोहितको शतकमा अफगानिस्तानसँग भारतको शानदार जित

नेपालभ्युज

रोहितको शतकमा अफगानिस्तानसँग भारतको शानदार जित

काठमाडौं ।  आइसिसी विश्वकप २०२३ मा कप्तान रोहित शर्माको विश्व कीर्तिमानी शतकमा अफगानिस्तानसँग भारतले शानदार जित निकालेको छ । भारतको दिल्लीमा भएको खेलमा अफगानिस्तानमाथी भारतले ८ विकेटको सानदार जित निकालेको हो ।

भारतको जितमा कप्तान रोहित शर्माले ८४ बलमा १६ चौका र ५ छक्कासहित सर्वाधिक १ सय ३१ रनको शतकीय इनिङ खेले । योसँगै रोहित विश्वकपमा सर्वाधिक शतक प्रहार गर्ने खेलाडी बनेका छन् ।

पहिलो विकेटका लागि ईशान किशन र रोहित शर्माले १८.४ ओभरमा १ सय ५६ रनको सानदार शतकीय साझेदारी गरेका थिए । ईशान ४७ बलमा ५ चौका र २ छक्कासहित ४७ रनमा आउट भए ।

भारतका विराट कोहली ५६ बलमा ६ चौकासहित ५५ रनमा नट आउट रहे । श्रेयस ऐर २३ बलमा १ चौका र १ छक्कासहित २५ रनमा नट आउट रहे ।

त्यसअघि अरुण जेट्ली स्टेडियम दिल्लीमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ७२ रन बनाएको थियो ।

अफगानिस्तानका कप्तान हश्मातुल्लाह शाहिदीले ८८ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ८० रनको योगदान दिए । त्यस्तै आजमतुल्लाह ओमरजाईले ६९ बलमा २ चौका र ४ छक्कासहित ६२ रनको योगदान दिए ।

भारतले पहिलो खेलमा अष्ट्रेलियालाई ६ विकेटले हराएको थियो भने अफगानिस्तानले बंगलादेशसँग ६ विकेटले हारेको थियो । भारतले शनिबार पाकिस्तानसँग खेल्नेछ भने अफगानिस्तानले आइतबार इंग्ल्यान्डसँग खेल्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved