‘आज राति जाने जहाजले इजरायलमा मारिएका नेपालीको शव ल्याउन सक्दैन’

नेपालभ्युज

‘आज राति जाने जहाजले इजरायलमा मारिएका नेपालीको शव ल्याउन सक्दैन’

काठमाडौं । आज राति जाने नेपाल एयरलाइन्सको जहाजले इजरायलमा मारिएका विद्यार्थीको शव नल्याउने भएको छ ।

बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै परराष्ट्र मन्त्रालयले भोलि नै विद्यार्थीको शव नेपाल ल्याउन नसकिने जनाएको हो ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले प्रोटोकल समस्याका कारण शव ल्याउन नसकिने बताएकी हुन् ।

त्यस्तै इजरायलबाट तत्काल दुई सय ८८ जना स्वदेश फर्कन चाहेको सरकारले बताएको छ। तीन सयभन्दा बढीले स्वदेश फर्कन चाहेर फर्म भरेकोमा पहिला दुई सय ८८ जना स्वदेश आउन चाहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved