आफूले उपभोक्तामाथि बदमासी गरेको प्रमाणित भए तत्काल राजीनामा दिने उद्योगमन्त्रीको घोषणा

नेपालभ्युज

आफूले उपभोक्तामाथि बदमासी गरेको प्रमाणित भए तत्काल राजीनामा दिने उद्योगमन्त्रीको घोषणा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उपभोक्तामाथि आफूले बदमासी गरेको प्रमाणित भए तत्काल राजीनामा दिने घोषणा गरेका छन् ।

सोमबार प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले आफूले उपभोक्ताको नाममा बद्मासी गरेको प्रमाणित भए तत्काल पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

मन्त्री रिजालले चाडपर्वका बेलामा पनि दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको स्वीकार गर्दै आगामी दिनमा त्यसमा सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे । कालो बजारी गर्नेहरुलाई कारबाही गर्न कानूनको अभाव भएको उनको भनाइ छ ।

मन्त्री रिजालले उपभोक्ताहरुमाथि ठगी गर्नेहरुलाई गरिएको दण्डसजाय असुली गर्न सरकारसँग कुनै संयन्त्र नै नभएको पनि पटकपटक बताए ।

‘मैले कुनै दिन गल्ती गरे भने तुरुन्तै राजीनामा दिएर बाहिर जान्छु भन्ने कुरा विश्वास दिलाउन चाहन्छु’, उनले भने, ‘कानूनी सजाय दिने अधिकार हामीसँग धेरै छैन । कानूनहरुमा पनि परिमार्जन गर्नुपर्ने जरुरत हामीले देखेका छौं ।’

बैठकमा सत्ताघटक दलकै सांसदहरुले सरकारले कालोबजारी नियन्त्रण नगरेको भन्दै आलोचना गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved