केन्द्रीय बैंकले १७ अर्ब ४६ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्दै

नेपालभ्युज

केन्द्रीय बैंकले १७ अर्ब ४६ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्दै

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज सोमबार १७ अर्ब ४६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले ९१ दिने, १८२ दिने र ३६४ दिने गरी तीन किसिममा १७ अर्ब ४६ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो ।

यद्यपि, उक्त ट्रेजरी नयाँ नभएर पुरानै नवीकरण गर्न लागिएको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेभित्र आवेदन दिन सक्नेछन् ।

बैंकका अनुसार ९१ दिने ट्रेजरीका लागि ८ अर्ब रुपैयाँ छुट्याइएको छ भने १८२ दिनेका लागि ६ अर्ब ४६ करोड रुपैयाँ र ३६४ दिने ट्रेजरीका लागि ३ अर्ब रुपैयाँ छुट्याइएको छ ।

आज बोलकबोल हुने ट्रेजरी भोलि मंगलबार अर्थात् असोज २३ गते बिक्री गरिनेछ । यसअघि, केन्द्रीय बैंकले असोज १५ गते २० अर्ब ५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved