इजरायल आक्रमणमा १० नेपालीको मृत्यु : नेपाली दूतावास

नेपालभ्युज

इजरायल आक्रमणमा १० नेपालीको मृत्यु : नेपाली दूतावास

काठमाडौं । प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएको छ । हिमालय टेलिभिजनसँग कुरा गर्दै इजरायलका लागि नेपाली राजदुत कान्ता रिजालले १० नेपालीको मृत्यु भएको पुष्टि गरेकी हुन् ।

उनका अनुसार  मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार यस्तै पाँचनली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामी रहेका  छन् ।

आक्रमणमा परि  सारदा–२ सल्यानका विधान सेजुवाल, दगिशरण–३ दाङका प्रविण डाँगी, गोरखा–८ गोरखाका हिमाञ्चल कट्टेल घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

राजदूत रिजालका अनुसार मृतक १० जनाको शव नेपाल पठाउने  व्यवस्था मिलाइएको छ ।  बाँकी घाइते र बंकरमा रहेकाहरुलाई पनि चाँडोभन्दा चाँडो उद्दार गर्ने प्रयासमा दूतावास रहेको उनले बताइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved