सूचना संशोधन गर्दै विमानस्थल भन्सारले भन्यो- चेकजाँचमा झन्झट हुने सामग्री सकेसम्म नल्याउनू

नेपालभ्युज

सूचना संशोधन गर्दै विमानस्थल भन्सारले भन्यो- चेकजाँचमा झन्झट हुने सामग्री सकेसम्म नल्याउनू

काठमाडौं। काठमाडौं विमानस्थल कार्यालयले यसअघि सार्वजनिक भएको सूचना संशोधन गरेको छ । सूचना संशोधन गर्दै चेकजाँचमा झन्झटिलो हुने सामान नल्याउन विमानस्थलले आग्रह गरेको छ ।

विमानस्थल भन्सारले एक सूचना प्रकाशित गर्दै भनेको छ, “विदेशबाट आउने यात्रु तथा विदेशमा बस्नुहुने नेपाली नागरिकले आफ्नो व्यक्तिगत प्रयोजनका सामान आफूसँगै ल्याउँदा तथा कार्गोमार्फत् आफ्नो परिवारलाई पठाउँदा इमर्जेन्सी लाइट, पावर बैंक, हेयर ड्रयाएर, मिक्सर, पानी तान्ने मेसिन ल्याउन तथा पठाउन नपाउने होइन, उल्लेखित सामानको चेकजाँच प्रक्रिया झन्झटिलो र लामो भई अधिकांश यात्रुलाई असुविधा भएकाले सम्भव भएसम्म नल्याउन भनिएको हो ।”

यस्तो छ सूचना

यस कार्यालयबाट प्रकाशित सूचनाका सम्बन्धमा विभिन्न संचार माध्यम तथा सर्वसाधारणबाट प्राप्ति सुझाव तथा प्रतिक्रियाप्रति यस कार्यालयको ध्यानाकर्षण भएको छ।

1. विदेशबाट आउने यात्रु तथा विदेशमा बस्नु्हुने नेपाली नागरिकले आफ्नो व्यक्तिगत प्रयोजनका सामान आफूसँगै ल्याउँदा तथा कार्गो मार्फत आफ्नो परिवारलाई पठाउँदा Emergency light, Power bank, Iron, Hair dryer, Mixture (Grinder) र पानी तान्‍ने मेशिन ल्याउन तथा पठाउन नपाउने होइन , उल्लेखित सामानको चेकजाँच प्रक्रिया झन्झटिलो र लामो भई अधिकांश यात्रुलाई असुविधा भएकाले सम्भव भए सम्म नल्याउन भनिएको हो।

2. यसअघि विभिन्न सूचना र संचारमाध्यममार्फत विदेशबाट नेपाल आउने व्यक्तिलाई अपरिचित व्यक्तिले विभिन्न प्रलोभनमा पारेर सुन ,फोन, ल्यापटप, घडी लगायतका बहुमूल्य सामानहरु पठाउने र लिएर आउने क्रम नरोकिएको साथै यस्ता सामान ल्याई प्रतिदिन दर्जनौँ व्यक्ति भन्सार तथा सुरक्षा निकायको कारबाहीमा पर्ने गरेको, ठूलो धनराशी धरौटी राख्नु्परेको, हिरासत तथा जेलमा पुग्नुपरेको आदि कारणले यस्ता सामान नल्याउन पुन: अनुरोध गरिन्छ।

3. हाम्रो प्रमुख उद्देश्य सरल र सहज यात्रु जाँचपास, झन्झटरहित भन्सार व्यवस्थापन भएकोले सबैको सल्लाह, सुझाव र गुनासालाई सकारात्मक र सुधारात्मक रुपमा ग्रहण गरिएको व्यहोरा अनुरोध छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved