ललितपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा बज्राचार्य निर्वाचित

नेपालभ्युज

ललितपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा बज्राचार्य निर्वाचित

काठमाडौं। ललितपुर उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदमा विश्वराज बज्राचार्य निर्वाचित भएका छन् ।

शनिबार भएको मतदानमा उनले छ सय ४६ मत प्राप्त गरे । वरिष्ठ उपाध्यक्षमा सुशन महर्जन, उपाध्यक्षमा आपुलाल अवाले (उद्योग समूह) र उपाध्यक्षमा सुनील शाक्य (वाणिज्य समूह) र मेशसिंह महर्जन (संस्थागततर्फ) विजयी भए ।

महासचिव र कोषाध्यक्ष पदमा क्रमशः भूमिनन्द कर्माचार्य र राजु महर्जन निर्वाचित भए । हरेक तीन वर्षमा सङ्घको नेतृत्व परिवर्तन हुने व्यवस्था रहेको निवर्तमान अध्यक्ष मनोजबहादुर न्याछ्योले जानकारी दिए ।

निर्माण व्यवसायी सङ्घको अध्यक्षमा महर्जन

ललितपुरका निर्माण व्यवसायीको संस्था निर्माण व्यवसायी सङ्घ ललितपुरको अध्यक्ष पदमा पञ्चराम महर्जन निर्विरोध निर्वाचित भएका छन् । सङ्घको १४औँ साधारण सभा तथा सातौँ अधिवेशनले महर्जनसहित १९ सदस्यीय कार्यसमिति निर्विरोध चयन समेत गरेको छ ।

सङ्घको वरिष्ठ उपाध्यक्ष भगिरथ तिमल्सिना, प्रथम उपाध्यक्ष अमर शाक्य, द्वितीय उपाध्यक्ष मोहनकृष्ण बस्नेत, सचिव दिनेश श्रेष्ठ, सहसचिव हरिहर श्रेष्ठ, कोषाध्यक्ष गोकुल खड्का र सह-कोषाध्यक्षमा श्यामकुमार गिरी निर्विरोध निर्वाचित भए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved