आरती हत्या प्रकरण: श्रीमान् र ससुरा साधारण तारेखमा रिहा

कारबाही नभए आत्मदाह गर्ने माइती पक्षको चेतावनी

गत जेठ ७ गते आफ्नै घरमा मृत फेला परेकी जनकपुरकी आरती साहको हत्यामा संलग्न भएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका मोतिबावु साह र मदनमोहन साह साधारण तारेखमा छुटेका छन्।

नेपालभ्युज

आरती हत्या प्रकरण: श्रीमान् र ससुरा साधारण तारेखमा रिहा

काठमाडौं। गत जेठ ७ गते आफ्नै घरमा मृत फेला परेकी जनकपुरकी आरती साहको हत्यामा संलग्न भएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका मोतिबावु साह र मदनमोहन साह साधारण तारेखमा छुटेका छन्।

उच्च अदालत जनकपुरले आरतीको परिवारले दिएको जाहेरीमा प्रमाण नपुगेको भन्दै साधारण तारेखमा छाड्न आदेश दिएको हो।

उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश सारङ्गा सुवेदी र न्यायाधीश किरण पोखरेलको संयुक्त इजलासले साधारण तारेखमा छाड्न आदेश दिएको हो।

आरती साहलाई न्याय माग्दै माइतीघरमा केश मुण्डन (तस्वीरहरू)

जनकपुर उपमहानगरपालिका–८ स्थित श्रीमानको घरमा आरती मृत फेला परेकी थिइन्। घटनापछि माइतीपक्षले उनका श्रीमान् र ससुराविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिएका थिए।

जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले मोतिबाबु र मदनमोहनलाई पक्राउ गरी अदालतमा मुद्दा दायर गरेको थियो।

आफ्नो छोरीको हत्या भएको भन्दै आरतीको माईतीपक्ष भने निरन्तर काठमाडौंमा सडक संघर्ष गरिरहेका छन्। उनीहरूले हत्यारालाई कारबाही नभए माइतीघर मण्डलामा आत्मदाह गर्ने चेतावनीसमेत दिएका छन्।

सम्बन्धित समाचारहरू –

आरती साह मृत्यु प्रकरणको छानबिन सुरु

दाइजोको निहुँमा छोरीको हत्या गरिएको भन्दै आमाको माइतीघरमा धर्ना

धनुषामा घरमा सुतिरहेको अवस्थामा एक महिलाको हत्या

आरती साह मृत्यु प्रकरणको अनुसन्धान सुरु


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved