अनुहारको चाउरीपना घटाउने योगासन

नेपालभ्युज

अनुहारको चाउरीपना घटाउने योगासन

एजेन्सी । नियमित रुपमा योग गरिराख्यो भने हाम्रो शरीर त स्वस्थ रहन्छ नै हाम्रो छाला पनि राम्रो हुन्छ । दैनिक रुपमा केही योगासनहरु गर्दा मानसिक तथा शारीरिक सँगै सौन्दर्यलाई पनि राम्रो बनाउन सकिन्छ ।

योगले अनुहारमा पनि सकारात्मक भाव ल्याउँछ । जसले गर्दा हामी सधैं जवान तथा ताजगी महसुस गर्छौं । त्यस्तै केही योगासनहरु छन् जसलाई नियमित गर्‍यो  भने अनुहारको चाउरीपना पनि हटेर जान्छ ।

 त्रिकोणासन
यो योगासन हाम्रो स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । यस योगासनलाई गर्दा मेटाबोलिज्म बलियो हुन्छ । यसलाई गर्नाले शरीरमा भएको विकारहरु बाहिर निस्कन्छ । जसले गर्दा शरीरसँगै छालामा पनि फ्रेस अनुभूति हुन्छ ।

हलासन
यो योगासन छालाका लागि एकदमै धेरै फाइदाजनक हुन्छ । यो योगासनले अनुहार वरिपरिको छालामा रक्तसञ्चार राम्रो हुन्छ जसले गर्दा अनुहारमा चमक आउन थाल्छ ।

भुजंगासन
यसलाई कोबरा पोजको नामले पनि चिनिन्छ । यो योगासन गर्दा फ्लेक्सिबिलिटी बढ्छ । यसलाई दैनिक रुपमा गर्दा अनुहार तथा घाँटीको भागमा रक्तसञ्चार राम्रो हुन्छ जसले गर्दा चाउरीपना हट्दै जान्छ ।

मत्स्यासन
यो योगालाई गर्नाले हर्मोन सन्तुलित रहन्छ । हर्मोनमा असन्तुलन हुँदा पनि डन्डीफोर आउने लगायतका समस्याहरु आउँछन् । यो योगासनले हर्मोनमा सन्तुलन ल्याउँछ जसले गर्दा डन्डीफोर आउन छोड्छ साथमा छाला पनि कसिलो हुन्छ ।

सर्वांगासन
यो योगासनले मुटुभन्दा माथिको भागमा रगतको सञ्चार राम्रो बनाउँछ । जसले गर्दा अनुहारको छालाका लागि पनि यो राम्रो मानिन्छ । नियमित रुपमा यसलाई गर्दा मोटोपन पनि घट्छ र छाला पनि कसिलो हुँदै जान्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved