मुकेश अम्बानीकी छोरी ईशाले कति तलब बुझ्छिन ?

नेपालभ्युज

मुकेश अम्बानीकी छोरी ईशाले कति तलब बुझ्छिन ?

एजेन्सी । मुकेश अम्बानीकी छोरी ईशा अम्बानीले ‘रिलायन्स इन्डस्ट्रीज’ को प्रगतिमा एकदमै महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन् ।

त्यसो त मुकेश अम्बानीका छोराछोरीको तलब गोप्य राख्ने गरिन्छ । तर, स्रोतहरुबाट ईशाको मासिक तलब बाहिर आएको छ ।

खबरअनुसार ईशा अम्बानीलाई हरेक महिना ३५ लाख भारतीय रुपैयाँ तलब प्राप्त हुन्छ । ईशाले वार्षिक रुपमा लगभग ४.२ करोड तलब पाउँछिन ।

रिलायन्स इन्डस्ट्रीजमा ईशा अम्बानीले महत्वपूर्ण पदको जिम्मेवारी सम्हालेकी छन् । ईशाले रिलायन्स जियो र अनलाइन फेशन ब्रान्डमा महत्वपूर्ण भूमिका निभाएकी छन् ।

ईशाको नेतृत्व भएको रिलायन्स रिटेलको मूल्य लगभग ८,३६१ लाख करोड रुपैयाँ छ । ईशाको विवाह आनन्द पीरामलसँग भएको छ । उनीहरुको विवाहमा ७ सय करोड भारतीय रुपैयाँ खर्च भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved