बीस रुपैयाँको नयाँ नोट प्रचलनमा ल्याउँदै राष्ट्र बैंक 

नेपालभ्युज

बीस रुपैयाँको नयाँ नोट प्रचलनमा ल्याउँदै राष्ट्र बैंक 

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बीस रुपैयाँको नयाँ नोट प्रचलनमा ल्याउने भएको छ । एक सूचना जारी गर्दै बैंकले असोज १९ गते शुक्रबार अर्थात् आजबाट बीस रुपैयाँको नयाँ नोट प्रचलनमा ल्याउने भएको हो ।

बैंकले साबिककै आकार तथा रङ्गमा सङ्केत नम्बर (८ठ७०००००१देखि १त८९९९९९९)सम्म  नयाँ नोट प्रचलनमा ल्याउन लागेको छ । जसमा ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ २० रुपैयाँ बीस तुरुन्त पाइनेछ ।’ भन्ने प्रतिज्ञामूलक वाक्यांश लेखिएको हुनेछ ।

बैंकका अनुसार नोटको अग्रणी भागमा  

– नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको ।
– नोटको दायाँतर्फ लालिगुरासको पानी छाप रहेको ।
– नोटको गभर्नरको दरखास्त रहने स्थानमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दरखास्त रहेको ।
-नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा ‘वि।सं।२०७९’ लेखिएको ।

नोटको पृष्ठ भागमा

-नोटको मध्य भागको माथिल्लो खण्डमा अङ्ग्रेजीमा ‘नेपाल राष्ट्र बैंक’ लेखिएको ।
– नोटको मध्य भागमा दुई वटा बाह्रसिंहको चित्र रहेको ।
– नोटको तल्लो भागमा अङ्ग्रेजीमा ‘रुपिज २०’ लेखिएको ।
– नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर अङ्ग्रेजीमा ‘ट्वन्टी, ट्वन्टी–थ्री’ लेखिएको हुने राष्ट्र बैंकले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved