रास्वपाको विरोधबीच संसदमा प्रस्तुत भयो शिक्षा विधेयक

नेपालभ्युज

रास्वपाको विरोधबीच संसदमा प्रस्तुत भयो शिक्षा विधेयक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको विरोधबीच संसदमा विद्यालय शिक्षा विधेयक प्रस्तुत भएको छ ।

शिक्षामन्त्री आशोक राईले ‘विद्यालय शिक्षा विधेयक– २०८०’ संसदमा छलफलका लागि प्रस्तुत गरेका हुन् ।

विधेयकमाथि आजैदेखि सैद्दान्तिक छलफल सुरु भएको छ ।

शिक्षा विधेयकको विरोधमा शिक्षकहरुले पनि सडक आन्दोलन गरेका थिए । विधेयक संशोधन गरी माग सम्बोधन गर्ने आश्वासन पाएपछि शिक्षकहरु काममा फर्किएका छन् ।

नगरपालिका संघ र गाउँपालिका महासंघले उक्त विधेयकप्रति आपत्ति जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved