गोली लागेर घाइते भएकी असई चौधरीकी श्रीमतीको मृत्यु

नेपालभ्युज

गोली लागेर घाइते भएकी असई चौधरीकी श्रीमतीको मृत्यु
सांकेतिक तस्वीर।

काठमाडौं। गोली लागेर घाइते भएकी प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मण चौधरीकी श्रीमती शर्मिला चौधरीको मृत्यु भएको छ ।

नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । नेपाल प्रहरीका एक पूर्वप्रहरी महानिरीक्षकका निजी सुरक्षा अधिकृत चौधरीकी श्रीमतीलाई नौ दिन अघि गोली लागेको थियो ।

पति लक्ष्मणको पेस्तोलको गोली लागेको अवस्थामा निवासमै घाइते अवस्थामा फेला परेकी थिइन् । असई चौधरी घरमा नभएका बेला पत्नी शर्मिलाले आफैंलाई गोली हानेको शंका गरिएको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved