निगमको जहाज पाकिस्तानबाट फर्केको घटनामा दुई म्यानेजर कारबाहीमा

नेपालभ्युज

निगमको जहाज पाकिस्तानबाट फर्केको घटनामा दुई म्यानेजर कारबाहीमा

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले साउदीको दमामका लागि उडेको नेपाल वायुसेवा निगमको विमान गन्तव्यमै नपुगी फर्काएको घटनामा निगमका दुई जना मेनेजरलाई कारबाही गरिएको छ  ।

नेपाल एयरलाइन्सको नाइनएन–एकेएक्स विमानको मर्मत जाँचमा लापरवाही गर्ने  ‘ड्यूटी मेन्टिनेन्स म्यानेजर’ र निगमको ‘कन्टिनियुङ एयरवर्दिनेस’ (सीए) म्यानेजरलाई कारबाही गरिएको प्राधिकरणले जनाइएको छ ।

विमानमा पटकपटक समस्या उत्पन्न हुँदा पनि त्यसलाई समाधान नगरी उडाएकामा प्राधिकरणले उनीहरूलाई कारबाही गरेको हो । काठमाडौँबाट दमामका लागि उडेको विमान ‘टिकास उपकरण’ मा समस्या देखिएपछि विहीबार काठमाडौँ फर्काइएको थियो ।

‘ट्राफिक अलर्ट एन्ड कोलिजन अभोइडेन्स सिस्टम’ का कारण निगमको ए ३२० जहाज फिर्काइएको थियो । जिम्मेवारीमा लापरवाही गर्दै अन्य निजी कम्पनीलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा फाइदा पुर्याउन सहयोग गर्ने कर्मचारीलाई कडाइका साथ कारवाही सुरु गरेको प्राधिकरणले जनाएको छ ।

यता मन्त्रालयले भने एयरलाइन्सले नोक्सान व्यहोर्नु पर्ने मुख्य कारणहरुको उदाहारण भएको भन्दै दोषीलाई कडा कारवाही गर्न निर्देशन दिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved