माओवादीको सीसीएम भएकैले ल्हारक्याललाई लुम्बिनीमा नियुक्त गर्न सजिलो भयो : पर्यटनमन्त्री

नेपालभ्युज

माओवादीको सीसीएम भएकैले ल्हारक्याललाई लुम्बिनीमा नियुक्त गर्न सजिलो भयो : पर्यटनमन्त्री

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामालाई नियुक्ति गर्न आफ्नो पार्टीको केन्द्रीय सदस्य भएकाले सहज भएको बताएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा सांसदले सोधेका प्रश्नहरुको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

नेकपा (माओवादी केन्द्र)का सदस्य भएको र गुम्बा विकास समितिको अध्यक्ष भइसक्नु भएका कारण उनलाई कोषमा नियुक्त गर्नु स्वभाविक मन्त्री किरातीको भनाइ छ ।

एमाले र माओवादी पार्टीबाट पनि पटक पटक मन्त्री र सांसद भइसकेकाले पनि उनी योग्य व्यक्ति भएको किरातीले बताए ।

‘वायुसेवा निगमको ऋण घटाएँ’

मन्त्री किराँतीले नेपाल वायुसेवा निगम ४८ अर्ब ऋणमा रहे पनि आफू मन्त्री बनेर आइसकेपछि ४ अर्ब ऋण तिरिसकेको बताए । उनले अहिले निगमसँग १ अर्ब ६५ करोड रकम रहेको र त्यसले साना जहाज खरिद प्रक्रियामा लागेको पनि बताए ।

उनले चिनियाँ जहाँज अहिले पनि घाटामा रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved