चिनियाँ जहाजबारे सम्पूर्ण विवरणसहित उपस्थित हुन सरकारलाई समितिको निर्देशन

नेपालभ्युज

चिनियाँ जहाजबारे सम्पूर्ण विवरणसहित उपस्थित हुन सरकारलाई समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले चिनियाँ जहाजबारे सम्पूर्ण विवरणसहित समितिमा उपस्थित हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ ।

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले चिनियाँ जहाजबारे सम्पूर्ण विवरणसहित समितिमा उपस्थित हुन मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकको निर्णय सुनाउँदै समितिका सभापति राजकिशोर यादवले नागरिक उड्डयनसम्बन्धित दुई वटा विधेयकको बारेमा पनि आगामी समितिको बैठकमा पूर्ण जानकारीसहित उपस्थित हुन निर्देशन दिएका हुन् ।

उनले मन्त्रालयले समितिलाई ‘चिनियाँ जहाज कसरी नेपाल वायुसेवाको भाग बन्यो’ भन्नेबारेमा पनि जानकारी गराउनुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved