सुनसरीबाट पक्राउ परेका आचार्य श्रीनिवासलाई धनुषा ल्याइयो

सुनसरीबाट पक्राउ परेका आचार्य श्रीनिवासलाई धनुषा ल्याइयो

जनकपुरधाम । भडकाउ भाषण गरेको अभियोगमा सुनसरीबाट पक्राउ परेका धर्मगुरु आचार्य श्रीनिवासलाई धनुषा ल्याइएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले जारी गरेको पक्राउ पुर्जीको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो सहितको टोलीले उनलाई मंगलबार सुनसरीमा पक्राउ गरेको थियो । श्रीनिवासलाई प्रहरीले बुधबार धनुषा पठाएको हो । हाल उनी जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा छन् ।

गौ हत्या रोक्न माग गर्दै भएको एउटा धार्मिक कार्यक्रममा उनले हिंसात्मक भाषण गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ पुर्जी जारी गरेको थियो ।

यता धर्मगुरु श्रीनिवास आचार्यलाई प्रहरीले पक्राउ गरेकोप्रति गम्भीर आपत्ति प्रकट गर्दै जनकपुरधामका साधुसन्तहरुले बिनाशर्त उनको रिहाइ नगरिए आन्दोलन गर्ने चेतावनी दिएका छन्।

रामानन्दीय वैष्णव संघले पत्रकार सम्मेलन मार्फत धर्मगुरु श्रीनिवास आचार्यलाई यथाशीघ्र बिनासर्त रिहाइ गर्न माग गरेको छ । माग पूरा नभए सम्पूर्ण साधुसन्त र हिन्दूवादीहरुले विरोध र आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

रामानन्दीय वैष्णव संघका अध्यक्ष एवम जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले सनातन धर्मगुरु श्रीनिवास आचार्यलाई रिहाइ नगरेमा बिहीवार जनकपुरधाममा प्रहरी प्रशासनविरुद्ध आन्दोलन गर्ने धम्की दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved