दमाम उडेको नेपाल एअरलाइन्सको जहाज पाकिस्तानबाटै फर्कियो,यस्तो छ कारण

काठमाडौंबाट दमामका उडेको आरए २४१ उडानको जहाज पाकिस्तानको सीमा समाप्त भएर कुवेत प्रवेश गर्ने क्रममा प्रवेश नपाएपछि नेपाल नै फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले नेपाल भ्युजलाई जानकारी दिएको छ ।

नेपालभ्युज

दमाम उडेको नेपाल एअरलाइन्सको जहाज पाकिस्तानबाटै फर्कियो,यस्तो छ कारण

काठमाडौं । काठमाडौंबाट साउदी अरेबियाको दमाम उडेको नेपाल एअरलाइन्सको जहाज बीच बाटोबाटै काठमाडौं फर्किएको छ ।

काठमाडौंबाट दमामका उडेको आरए २४१ उडानको जहाज पाकिस्तानको सीमा समाप्त भएर कुवेत प्रवेश गर्ने क्रममा प्रवेश नपाएपछि नेपाल नै फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले नेपाल भ्युजलाई जानकारी दिएको छ ।

नेपाल एअरलाइन्सको उक्त जहाजमा TCAS टिकास प्रविधि फेल भयो थियो । यो प्रविधिले अरु जहाजसँगको दूरीबारे जहाजलाइ जानकारी दिन्छ ।

यसै प्रविधिको सहायताले पाइलटले आफ्नो जहाजलाई अरु जहाजसँग ठोक्किनबाट रोक्न तलमाथि गराउने वा मार्ग परिवर्तन गर्न सक्छन् । तर नेपाल एअरलाइन्ससँगको बुधबारको उडानमा यो प्रविधि फेल भएको थियो ।

कुवेतको वायुसेवा नियममा टिकास प्रविधि नभएका जहाजलाई आफ्नो आकासमा प्रवेश नदिने उल्लेख भएका कारण नेपाल एअरलाइन्सले पनि कुवेतको आकासमा प्रवेशको अनुमति नपाएको हो ।

‘टिकास प्रविधि फेल हुनु ठूलो कुरा त होइन तर कतिपय देशले यो प्रविधि नभएका वा फेल भएका जहाजलाई प्रवेशको अनुमति नदिने भएकाले नेपाल एअरलाइन्स फर्केको हो।’ स्रोतले नेपाल भ्युजलाई भन्यो ।

बुधबार राति फर्केको जहाजका यात्रुलाई अर्को जहाजबाट पठाउने तयारी भइरहेको नेपाल एअरलाइन्सले जनाएको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved