नेपाली सुपारी भारत निर्यात गर्न सरकारले आवश्यक पहल गर्छ : उद्योगमन्त्री रिजाल 

नेपालभ्युज

नेपाली सुपारी भारत निर्यात गर्न सरकारले आवश्यक पहल गर्छ : उद्योगमन्त्री रिजाल 
काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नेपालको सुपारी भारत निकासी गर्न आवश्यक पहल गर्न सरकार तयार रहेको बताएका छन् । बुधबार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै मन्त्री रिजालले यस्तो बताएका हुन् ।
उनले उद्योग मन्त्रालयले भारत सरकारसँग सुपारी निर्यातको लागि पत्र लेखेर सहजीकरण गर्ने विषयमा सरकार तयार रहेको बताएका छन् । यस विषयमा व्यापारीहरुसंग पनि छलफल गरिने उनको धारणा छ । उनले नेपालमा उत्पादित सुपारी गुणस्तरीय भएको भन्दै यसको उपयुक्त बजार भारत नै रहेको बताए । यसमा सरकारी पक्षबाट हुनसक्ने सहजीकरणको लागि आफू तयार रहेको उनको भनाइ छ ।
‘नेपालमा उत्पादित सुपारी गुणस्तरीय भएकाले नेपालका गुट्का उद्योगले खरिद गर्न सक्दैनन् । उक्त सुपारीको नेपालको बजार होइन जस्तो बुझेको छु’, उनले भने  ‘भारत निर्यातको लागि भारत सरकारसँग सहजीकरणको लागि पत्र लेख्न पनि तयार छौँ ।’
उनले नेपालको उद्योगहरूले १० हजार मानिसहरूलाई रोजगारी दिएको भन्दै सुपारी आयात रोक्दा १० हजार मानिसहरू बेरोजगार हुने सम्भावना रहेको बताए ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved