मधेसको सुरक्षा चुनौतीबारे बर्दिबासमा छलफल, गृहमन्त्रीसहित आठै जिल्लाका सिडिओ सहभागी

नेपालभ्युज

मधेसको सुरक्षा चुनौतीबारे बर्दिबासमा छलफल, गृहमन्त्रीसहित आठै जिल्लाका सिडिओ सहभागी

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितको उपस्थितिमा मधेस प्रदेशको सुरक्षा चुनौतीबारे छलफल भएको छ । महोत्तरीको बर्दियाबासमा भइरहेको छलफलमा गृहमन्त्री श्रेष्ठसहित मधेस प्रदेशका आठैवटा जिल्लाका प्रमुख जिल्ला अधिकारी र सबै सुरक्षा निकायका प्रमुखहरु सहभागी छन् ।

छलफलमा प्रमुख जिल्ला अधिकारीहरु र सुरक्षा निकायका प्रमुखहरूले आ–आफ्नो जिल्लाको अवस्थाबारे रिपोर्टिङ गरिसकेपछि उपप्रधानमन्त्री श्रेष्ठले आवश्यक सुझाव र निर्देशन दिनेछन् ।

प्रमुख जिल्ला अधिकारीहरूले प्रदेशका कतिपय ठाउँमा धार्मिक सद्भाव बिथोल्ने तत्वहरू सक्रिय रहेको, मिटरब्याज नियन्त्रण कानुन र आयोग बने पनि त्यसलाई निरुपण गर्ने सन्दर्भमा वाधाव्यवधान खडा गर्न खोजिएको, पालिकाका जनप्रतिनिधिहरूको बेमेलले समेत सुरक्षा चुनौती खडा गरेको, सामाजिक संजालमा आउने कतिपय सामग्रीले उत्तेजना बढाउन खोजेको लगायतका समस्याबारे जानकारी गराएका छन् ।

भारतमा चुनाव नजिकिएकाले सीमा क्षेत्रमा तनाव बढ्नसक्ने तथा अवैध ओसारपसार र भारतीय गाडीको प्रयोगले समेत सुरक्षा व्यवधान खडा गर्न सक्ने सम्भावनासमेत उनीहरुले औंल्याएका छन् । साथै प्रशासनले सबै गैरकानुनी गतिविधिलाई प्रत्यक्ष तथा सूक्ष्म निगरानी गरिरहेको र सुरक्षा अवस्थालाई चुस्त राखिएको जानकारी उनीहरुले गराएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved