दशैं–तिहारमा सोफा किनौँ– सररर स्कुटर चढौँ

नेपालभ्युज

दशैं–तिहारमा सोफा किनौँ– सररर स्कुटर चढौँ

काठमाडौँ। दशैँको अवसरमा सोफा किन्दा स्कुटर उपहार पाइने भएको छ। काठमाडौँ र चितवनमा सञ्चालित सोफा व्यवसायमा विश्वसनीय कम्पनी सोफा हबले दशैँ उक्त अफर सार्वजनिक गरेको हो।

‘सोफा लिने भनेकै सोफा हबको मात्र हो’ भन्ने मूल नाराका साथ गुणस्तरीयलाई जोड दिँदै सहुलियत मूल्यमा सोफा हबले नेपालीहरूको महान् पर्व विजयादशमी, शुभदिपावली तथा छठ पर्वको अवसर पारेर सोफा किन्ने ग्राहकलाई लक्षित गरेर धमाकादार अफर सार्वजनिक गरिएको सोफा हबका म्यानेजिङ डाइरेक्टर तारालाल (हरि) धरेलले जानकारी दिएका छन्।

उपहार अन्तर्गत इभी स्कुटर, इलेक्टिक जग, आइरन, वेड कभर, डोर म्याटलगायत थुप्रै उपहार भएको पनि युवा व्यवसायी समेत रहेका धरेलले बताएका छन्।

सञ्चालक धरेलका अनुसार सोफा हबमा सोफा किन्न आउने हरेक ग्राहकलाई कुपन प्रदान गरिनेछ।

उक्त कुपनमार्फत स्क्राच गर्दा विजेता ग्राहकलाई उपहार योजना प्रदान गरिने छ। जसमा भाग्यशाली ग्राहकले निश्चित रूपमा स्कुटर उपहार पाउने पक्का भएको छ।

सोफा हबको काठमाडौँको सामाखुसी रेडनस्थित कोइराला मार्ट, गोठाटार हाइट र चितवनको लङ्कुमा आउटलेट रहेको छ ।
विगत ७ वर्षदेखि सञ्चालित सोबा हव अधिकांश ग्राहकको रोजाइको केन्द्र बन्दै आएको छ।

कम्पनीले दक्ष कामदार र गुणस्तरीय सामान प्रयोग गरी ग्राहकको मागलाई मध्यनजर गर्दै कोइराला मार्ट, गोठाटार हाइट र चितवनको लंकुबाट हरेक किसिमको सोफा तथा फर्निचरका सामग्री उत्पादन तथा बिक्री गर्दै आइरहेको छ।

५ देखि १० वर्षसम्म वारेन्टी समेत दिएको उक्त सोबा हबले ग्राहकको घरसम्म निःशुल्क डेलिभरीसमेत प्रदान गरिदैआएको सोफा हबले जनाएको छ।

घरायसी तथा कार्यालय प्रयोजनका फर्निचरका सामान ग्राहकहरूले सिधै फोन गरेर वा अनलाइनबाट अर्डर गर्ने व्यवस्थासमेत रहेको कम्पनीले जनाएको छ। १५० जना भन्दा बढी कामदारलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा रोजगार दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved