राम्रो मह वर्षौंसम्म पनि बिग्रँदैन, जानौं कारण

नेपालभ्युज

राम्रो मह वर्षौंसम्म पनि बिग्रँदैन, जानौं कारण

एजेन्सी । मह स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । यसमा कैयौं प्रकारका प्राकृतिक गुणहरु पाइन्छन् जसले तपाईंलाई स्वस्थ बनाउने काम गर्छ । यो वर्षौंसम्म पनि खराब हुँदैन । आउनुहोस् यसको पछाडिको कारण जानौं–

  •  मह प्राकृतिक रुपमा मिठो हुन्छ जसमा फ्रुक्टोज र ग्लुकोज हुन्छ । प्राकृतिक रुपमा ऊर्जा बढाउनका लागि महको उपयोग गरिन्छ ।
  •  यसलाई सही तरिकाले राख्ने हो भने यो वर्षौंसम्म पनि बिग्रँदैन । स्वास्थ्यका लागि यो सबैभन्दा राम्रो हुन्छ ।
  •  प्राचीन कालमा महलाई घाउको उपचारका लागि प्रयोग गरिन्थ्यो । किनकी यसमा एन्टीसेप्टिक गुण पाइन्छ । त्यस्तै छालामा चमक ल्याउनका लागि पनि महको प्रयोग गरिन्छ । यसमा प्राकृतिक रुपमा मोइस्चराइजर हुन्छ ।
  •  महलाई औषधीको रुपमा एकदमै माथि राखिएको छ । यसले घाँटी खराब भएको तथा पाचन सम्बन्धी समस्याहरुलाई ठिक गर्ने काम गर्छ ।
  •  महमा एन्टीब्याक्टेरियल प्रोटिन तथा एन्जाइम्सहरुका साथ एन्टीअक्सीडेन्ट्स गुण पनि हुन्छ । त्यसैले पनि यो खराब हुँदैन ।
  •  महहरु विभिन्न प्रकारका हुन्छन् । जस्तै कुनै जंगलका फूलबाट बनेका, कोही तोरीको फूलमा बनेका वा कुनै चिउरीको फुलबाट बनेको आदि । यसको स्वाद र रंगमा माहुरीको जात तथा खानपानमा भर पर्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved