शिक्षा विधेयकप्रति नगरपालिका-गाउँपालिका महासंघ पनि असन्तुष्ट

नेपालभ्युज

शिक्षा विधेयकप्रति नगरपालिका-गाउँपालिका महासंघ पनि असन्तुष्ट

काठमाडौं । संसदमा पेश भएको विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थाप्रति गाउँपालिका महासंघ र नेपाल नगरपालिका संघले असन्तुष्टि जनाएको छ ।

महासंघ र संघले उक्त विधेयकका केही व्यवस्था संशोधन गर्न पनि माग गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर महासंघ र संघका प्रतिनिधिले विधेयकमा संशोधन गर्नुपर्ने बुँदासमेत बुझाइसकेका छन्।

त्यसअघि उनीहरूले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलका प्रमुख सचेतकहरू तथा सांसदहरूसँग छलफल गरेकाथिए ।

उनीहरूले शिक्षा विधेयकमा १७ वटा दफामा संशोधन गर्नुपर्ने र पाँच वटा विषय हटाउन माग गरेका छन्।

नगरपालिका संघले शिक्षा विधेयक संघीयता र संविधानको मर्मविपरीत आएको जनाएको छ । विधेयकमा रहेको जिल्ला शिक्षा कार्यालय राख्ने विषय स्वीकार गर्न नसकिने संघको भनाइ छ ।

भएकोले हटाउन सांसदहरूसँग छलफल र प्रधानमन्त्री दाहाललाई भेटेरै ज्ञापन पत्र दिइएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved