संसद्‍मा टेबुल भयो शिक्षा विधेयक

नेपालभ्युज

संसद्‍मा टेबुल भयो शिक्षा विधेयक

 

काठमाडौं । चर्चित एवम् विवादित विद्यालय शिक्षा विधेयक संसद्‍मा टेबुल भएको छ ।

शिक्षामन्त्री अशोक राईले आइतबारको बैठकमा उक्त विधेयक टेबुल गरेका हुन् ।

विधेयकका व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै देशभरका शिक्षक आन्दोलित भएका थिए ।

सरकारले विधेयक संशोधन गरी शिक्षकका माग सम्बोधन गर्ने बताएपछि शिक्षकको आन्दोलन टुंगिएको थियो ।

विधेयक पेशसँगै आजको संसद बैठक सकिएको छ । संसदको अर्को बैठक असोज १६ गते १ बजेका लागि बोलाइएको छ ।

संसदमा विधेयक टेबुल गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री राईले विद्यालय शिक्षा विधेयकमार्फत शिक्षकलाई राजनीतिबाट टाढा राख्न खोजेको बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved