तस्वीरमा सयौं थुम्कोले बनेको ‘शैलुङ’ (फोटोफिचर)

तस्वीरमा सयौं थुम्कोले बनेको ‘शैलुङ’ (फोटोफिचर)

दोलखा। ‘शै’ अर्थात् सय र ‘लुङ’ अर्थात् थुम्का। तामाङ भाषाको यो अर्थले शैलुङको परिचय बोलेको छ। सय वटा थुम्का रहेको क्षेत्र भनेर प्रख्यात शैलुङमा यस्ता थुम्काहरू अनगिन्ती देख्न सकिन्छ।

समुन्द्री सतहबाट ३ हजार ३५० मिटरको उचाइमा रहेको शैलुङ आफैँमा धार्मिक, सांस्कृतिकका साथै पर्यटकीय क्षेत्र पनि हो। बौद्ध र हिन्दू धार्मिक आस्था बोकेकाहरूको संगम तीर्थस्थल हो शैलुङ।

करिब ७० प्रतिशतभन्दा बढी भुभाग दोलखा जिल्लामा पर्ने शैलुङ क्षेत्र, रामेछाप र दोलखा जिल्लाको सीमा क्षेत्र पनि हो। रामेछापको दोरम्बा शैलुङ गाउँपालिका र दोलखाको शैलुङ गापा अनि मेलुङ गापाले शैलुङ क्षेत्र ओगटेको छ । हिउँ पर्ने समयमा यो स्थानको प्राय: क्षेत्र हिउँले ढाकिएको हुन्छ।

मौसम खुलेको बेला शैलुङबाट नेपालमा रहेका ८ हजार मिटरमाथिमा कञ्चनजंगा बाहेक प्राय: सम्पूर्ण हिमश्रृङखला र महाभारत पर्वतसहित माथिल्लो क्षेत्रका पहाड र पर्वतहरू देख्न सकिन्छ।

यहाँ पुग्न काठमाडौंबाट तीनवटा मार्गहरू प्रयोग गर्न सकिन्छ। अरनिको राजमार्ग हुँदै सिन्धुपाल्चोकको मुडे र दोलखाको तामाकोशी बजार हुँदै यहाँ पुग्न सकिन्छ। यसैगरी, बीपी राजमार्गको नेपालथोकबाट रामेछापको दोरम्बाको खोलाखर्क हुँदै पनि यहाँ आउन सकिन्छ।

तस्वीरहरू:-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved