घरमा भइरहने झगडामा तुलसीको उपाय : ज्योतिषशास्त्र

नेपालभ्युज

घरमा भइरहने झगडामा तुलसीको उपाय : ज्योतिषशास्त्र

एजेन्सी । घर एउटा त्यस्तो स्थानमा जहाँ कसैलाई पनि गएपछि सबैभन्दा धेरै आराम प्राप्त हुन्छ । यदी त्यही घरमा तपाईंको परिवारका सदस्यसँग झगडाहरु भइरहन्छ भने त्यहाँ मन पनि कहिल्यै शान्त रहन सक्दैन ।

त्यसैले यस्तो ज्योतिषशास्त्रलाई मान्ने हो भने तुलसीसँग जोडिएका केही उपायहरु छन् । जसलाई अपनाउँदा तपाईंको घरमा शान्तिको वातावरण आउन थाल्छ ।

– यदी तपाईंको घरमा आर्थिक संकटले गर्दा आपसी मनमुटाव भइरहेको छ भने तुलसीका केही पातहरुलाई पर्स वा दराजमा राख्नुहोस् ।

– तपाईं भगवान कृष्णलाई चढाएको पुरानो सुकेको तुलसीको पातलाई पनि पर्समा राख्न सक्नुहुन्छ । यसले तपाईंलाई धन कमाउने अवसरहरु देखाउन थाल्नेछ ।

– यदी तपाईंको घरमा लगातार झगडा भइरहन्छ भने दैनिक बिहान नुहाएपछि तुलसीका सात वटा पात पानीले भरिएको पितलको लोटामा राख्नुहोस् ।  उक्त पानीलाई साँझको समयमा सम्पूर्ण घरमा छर्किनुहोस् । यसले घरका सम्पूर्ण नकारात्मक ऊर्जाहरुलाई बाहिर फाल्ने काम गर्छ ।

– पार्टनरसँग चलिरहेको झगडा वा मनमुटावलाई कम गर्नका लागि दैनिक बिहान र साँझको समयमा तुलसीको छेउमा घ्यूको दियो जलाउनुहोस् ।  तुलसीको छेउमा घ्यूको दियो जलाउँदा श्रीमानश्रीमती बीच भएको झगडा कम हुन्छ । साथमा दुईबीच प्रेम पनि बढ्न थाल्छ ।

– त्यस्तै घरमा ठूलाबडाले गर्दा चलिरहेको झगडा वा समस्याबाट छुट्कारा पाउनका लागि तुलसीको बीजलाई एउटा सेतो कपडामा बाँध्नुहोस् । यसलाई घरको कुनै सफा कुनामा राख्नुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved