कुवेती दिनारको मूल्य ४३० रुपैयाँ हुँदा कतारी रियालको खरिद दर ३६ रुपैयाँ 

नेपालभ्युज

कुवेती दिनारको मूल्य ४३० रुपैयाँ हुँदा कतारी रियालको खरिद दर ३६ रुपैयाँ 

काठमाडौं । नेपाल राष्ट्र बैंकले शक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज कुवेती दिनार १ को खरिद दर ४२९ रुपैयाँ ५१ पैसा रहेको छ भने, बिक्री दर ४३१ रुपैयाँ ४५ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्री दर ३६ रुपैयाँ ५९ पैसा रहेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८० पैसा रहेको छ भने, बिक्री दर १३३ रुपैयाँ ४० पैसा रहेको छ ।

त्यसै गरी, बेलायती पाउण्डको खरिद दर १६१ रुपैयाँ ९० पैसा हुँदा बिक्री दर भने १६२ रुपैयाँ ६३ पैसा कायम भएको छ । युरो एकको खरिद दर १३९ रुपैयाँ ८९ पैसा हुँदा बिक्री दर १४२ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved