काठमाडौं महानगर र ‘ई:’ समूहबीच वार्ता, बालेन सहभागी भएनन्

८ दिनदेखि महानगरपालिका कार्यालयअघि उभिएर प्रदर्शन गरिरहेको ईः समूह र महानगरपालिकाका प्रतिनिधिबीच वार्ता सुरु भएको हो ।

नेपालभ्युज

काठमाडौं महानगर र ‘ई:’ समूहबीच वार्ता, बालेन सहभागी भएनन्

काठमाडौं । काठमाडौं महानगरपालिका र ईः समूहबीच वार्ता सुरु भएको छ ।

८ दिनदेखि महानगरपालिका कार्यालयअघि उभिएर प्रदर्शन गरिरहेको ईः समूह र महानगरपालिकाका प्रतिनिधिबीच वार्ता सुरु भएको हो ।

काठमाडौं महानगरपालिकाले प्रवक्ता नवीन मानन्धरको नेतृत्वमा वार्ता टोली बनाएको छ ।

वार्तामा काठमाडौंका मेयर बालेन साह र अभियन्ता ई भने उपस्थित छैनन् ।

फुटपाथ व्यवसायीको उचित व्यवस्थापन हुनुपर्नेलगायतका माग राखेर ईःसहितका अभियन्ता काठमाडौं महानगरपालिकाको कार्यालय राष्ट्रिय सभागृह बाहिर उभिइरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved