माइतीघरमा चिकित्सक र प्रहरीबीच ठेलमठेल, केही चिकित्सक घाइते

नेपालभ्युज

माइतीघरमा चिकित्सक र प्रहरीबीच ठेलमठेल, केही चिकित्सक घाइते

काठमाडौं । पेसागत सुरक्षाको माग गर्दै सडकमा उत्रिएका चिकित्सक र प्रहरीबीच ठेलमठेल भएको छ ।

माइतीघरमा भेला भएर बानेश्वरतर्फ अघि बढ्न खोजेका चिकित्सकलाई प्रहरीले रोक्न खोजेपछि ठेलमठेल भएको हो ।

प्रहरीसँगको घम्साघम्सीमा केही चिकित्सक घाइते भएका छन् ।

सोमबार पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा सहकर्मीमाथि आक्रमण भएपछि चिकित्सक सडकमा आएका हुन् ।

कार्यस्थलमा सुरक्षाको प्रत्याभूति हुनुपर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी संशोधन ऐन कार्यान्वयन गर्नुपर्ने उनीहरुको माग छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved