पूर्वमन्त्री श्रेष्ठले भ्रष्टाचार गरेको ठहर, साढे चार करोड बिगो दाबी

नेपालभ्युज

पूर्वमन्त्री श्रेष्ठले भ्रष्टाचार गरेको ठहर, साढे चार करोड बिगो दाबी

काठमाडौं । विशेष अदालतले पूर्वमन्त्री रामकुमार श्रेष्ठले भ्रष्टाचार गरेको ठहर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठविरुद्ध ४ करोड ४५ लाख २७ हजार ६ सय ६६ रुपैयाँ ९८ पैसा बिगो दाबी गरी मुद्दा दायर गरेको थियो ।

पूर्वसचिवसमेत रहेका श्रेष्ठ खिलराज रेग्मी नेतृत्वको सरकारमा पर्यटन, शान्ति तथा खेलकुदमन्त्री बनेका थिए । उनका श्रीमती र छोरा पनि दोषी ठहर भएका छन् ।

श्रेष्ठ २०२६ चैत १८ गतेदेखि सरकारी सेवामा प्रवेश गरी २०३६ साल कात्तिक २६ गते शाखा अधिकृत पदमा नियुक्त भएका थिए।

उनी तत्कालीन सरकार प्रमुख खिलराज रेग्मीको पालामा २०६९ चैत ६ गतेदेखि २०७० साल माघ २९ गतेसम्म पर्यटन, शान्ति तथा खेलकुदमन्त्री भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved