साफ यू–१९ : माल्दिभ्सविरुद्ध नेपाल २ गोलले अगाडि, दुवै टोली १० खेलाडीमा सीमित

नेपालभ्युज

साफ यू–१९ : माल्दिभ्सविरुद्ध नेपाल २ गोलले अगाडि, दुवै टोली १० खेलाडीमा सीमित

काठमाडौं। साफ यू–१९ फुटबलमा माल्दिभ्सविरुद्धको खेलमा नेपालले अग्रता लिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालले पहिलो हाफमा २–० गोलअन्तरले अग्रता लिएको हो।

खेलको १७औं मिनेटमा प्रशान्त लक्षमले गोल गर्दै नेपाललाई अग्रता दिलाए। ३०औं मिनेटमा समीर तामाङले अर्को गोल गरेर अग्रता दोब्बर बनाए।

३५ औँ मिनेटमा नेपालका सुजन डंगोल र माल्दिभ्सका मोहम्मद इयान हसनले रातो कार्ड पाएसँगै दुवै टोली १० खेलाडीमा सीमित भएको छ।

नेपाल माल्दिभ्सलाई हराउँदै सेमिफाइनलमा पुग्ने योजनामा रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved