राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरमा विशेष पूजा-अर्चना

राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरमा विशेष पूजा-अर्चना

जनकपुरधाम। राष्ट्रपति रामचन्द्र पौडेलले जानकी मन्दिरमा विशेषा पूजा-अर्चना गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाको तर्फबाट गरिन लागेको नागरिक अभिनन्दनमा सहभागी हुन जनकपुरधाम आइपुगेका पौडेलले जानकी मन्दिरमा पूजा गरेका हुन् । साथमा उनकी श्रीमती पनि रहेकी छिन् ।

पूर्व-निर्धारित कार्यक्रमअनुसार नेपाली सेनाको हवाईजहाजबाट राष्ट्रपति पौडेल काठमाडौंबाट पौने ९ बजे जनकपुर विमानस्थल आइपुगेका हुन्। उनलाई जनकपुर विमानस्थलमा मधेस प्रदेश प्रमुख हरिशंकर मिश्र, मुख्यमन्त्री सरोज यादव, पूर्व-उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि, संघीय सांसद, नगरप्रमुख तथा सुरक्षा निकायका प्रमुखहरूले स्वागत गरेका थिए।

राष्ट्रपति पौडेल विमान स्थलबाट सीधै जानकी मन्दिरको लागि प्रस्थान गरी पूर्वी ढोकाबाट जानकी मन्दिर प्रवेश गरेका थिए। उनलाई जानकी मन्दिरका मूल महन्थ रामतपेश्वर दाससहित प्रदेशका मन्त्री तथा सांसदहरूले स्वागत गरेका थिए ।

मन्दिरमा उनले अखण्ड दीप प्रज्वल गर्नुको साथै सीता माताको माइती घर दर्शन, अखण्ड कीर्तन दर्शन र महन्थको कक्षमा प्रसादग्रहण तथा छोटो विश्राम गरेका जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले बताए।


Comment

One thought on “राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरमा विशेष पूजा-अर्चना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved