बेइजिङमा नेपाल–चीन बिजनेस समिट (तस्वीरहरू)

नेपालभ्युज

बेइजिङमा नेपाल–चीन बिजनेस समिट (तस्वीरहरू)

बेइजिङ। चीनको राजधानी बेइजिङमा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी)को आयोजनामा ‘नेपाल चीन बिजनेस समिट’ भएको छ।

द्विपक्षीय व्यापार प्रवर्द्धन र नेपालमा चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यले भएको समिटको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी हुँदैछन्।

सीसीपीआइटीको मुख्यालयमा भएको समिटमा १२० जना चिनियाँ कम्पनीको सहभागिता छ। नेपालका तर्फबाट महासंघ पदाधिकारीसहित करिब ५० जना व्यवसायीले समिटमा सहभागी छन्।

बेइजिङमा नेपाल–चीन बिजनेस समिट आयोजना हुँदै

समिटमा चीन सरकारका उच्च पदस्थ अधिकारी र प्रधानमन्त्रीको भ्रमण दलमा सहभागी नेपाली उच्च अधिकारीहरूको पनि सहभागिता छ।

हेरौँ, केही तस्वीरहरू –

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved