क्रिकेट खेलाडीले पाउनुपर्ने पुरस्कार अझै आएन, आशावादी छौं : कप्तान पौडेल

नेपालभ्युज

क्रिकेट खेलाडीले पाउनुपर्ने पुरस्कार अझै आएन, आशावादी छौं : कप्तान पौडेल

काठमाडौै। नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले क्रिकेट खेलाडीहरूलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि नपाएको बताएका छन् ।

एसियाड गेममा भाग लिन चीन उड्नुअघि आइतबार काठमाडौंमा बिदाइ कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कप्तान पौडेलले सरकारले घोषणा गरेको रकम बारम्बार भनिसकिएको र आउँछ भन्नेमा आशावादी रहेको बताएका हुन् । उनले एसियाड गेमका लागि नेपाली क्रिकेट टोलीले राम्रो तयारी गरिरहेको बताए।

एसियन गेम्सलाई लिएर सबैजना एक्साइटेड रहेको बताउँदै आफूहरूको लक्ष्य मेडल जित्ने रहेको बताउँदै उनले कमजोर वा बलियो दुवै टिमलाई कमजोर नठानी खेल्ने प्रतिबद्धता जनाए । उनले यस गेमले टी-२० विश्वकप छनोटका लागि पनि सहयोगी भूमिका खेल्ने बताए ।

‘एसियन गेम्सलाई लिएर सबैजना एक्साइटेड हुनुहुन्छ । हाम्रो लक्ष्य मेडल जित्नै नै हो । टी-२० मा जे पनि हुनसक्छ । त्यसमा सबैजना जानकार हुनुहुन्छ । टी-२० क्वालिफायरभन्दा अगाडि टुर्नामेन्ट खेल्न पाएका छौँ । निकै महत्त्वपूर्ण हुनेछ । ललितलाई हामीले गेममा मिस गर्नेछौँ । टी-२० मा डेथ ओभर एकदमै महत्त्वपूर्ण हुन्छ । जुन टिमले डेथ ओभरमा बेटर बलिङ गर्छ, त्यसैले जित्छ । त्यसका लागि हामी मेहनत गरिरहेका छौं ।’ उनले भने, ‘ग्रासरुट देखिका गेम हुनुपर्छ । सरकारले घोषणा गरेको रकम कतिपटक भनिसकेका छौँ । अहिलेसम्म आएको छैन । आउँछ भनेर आशावादी छौँ । हेरौँ के हुन्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved