संसारको एउटा पुरुष जसले कहिल्यै महिलालाई देखेन

नेपालभ्युज

संसारको एउटा पुरुष जसले कहिल्यै महिलालाई देखेन

एजेन्सी । आफ्नो सम्पूर्ण जीवन कालमा एउटा मानिसले कति धेरै पुरुष तथा महिलासँग भेट्छ । त्यहीँ एउटा यस्तो पुरुष जसले जीवनकालमै महिलालाई देखेन भन्दा अचम्म लाग्न सक्छ ।

तर, संसारमा एउटा यस्तो व्यक्ति छ जसले महिलालाई कहिल्यै देखेन । आउनुहोस् जानौं त्यो व्यक्तिको बारेमा ।

सुन्दा अपत्यारिलो नै लाग्छ कि उसले कुनै विपरित लिंगी मानिसलाई भेटेन भनेर तर यो साँचो हो । एउटा यस्तो व्यक्ति छ जसलाई थाहा नै थिएन कि महिला वा केटी वास्तविकतामा कस्ता देखिन्छन् ।

डेली मेलमा छापिएको रिपोर्टअनुसार ग्रीसको हालकिडिकीमा सन् १८५६ मा एउटा यस्तो व्यक्तिको जन्म भयो । जसको नाम मिहाइलो टोलोटास थियो । जन्मिएकै बेला उसको आमाको मृत्यु भएको थियो ।

आमाको मृत्यु भइसकेपछि उक्त व्यक्तिलाई पहाड माउन्ट एथासमा बस्ने रुढिवादी भिक्षुले अपनाएका थिए । उनीहरुले नै टोलोटासलाई हुकाईबढाई गरेर भिक्षु बनाए । भिक्षुका आफ्नै नियम थिए जसलाई टोलोटासले पनि पालना गर्नुपर्थ्यो ।

उक्त मठमा महिलालाई आउने अनुमति थिएन । यही कारणले टोलोटास सधैं महिलासँग टाढा रहे । यस्तो नियमको पछाडि पनि यही सुनिश्चित गर्नु थियो कि भिक्षुले सधैं ब्रह्मचार्य नियमको पालना गर्न सकुन् ।

टोलोटास यस्तो नियमलाई त्यागेर महिलासँग भेट्न पनि सक्थे तर उनले कहिल्यै त्यस्तो गरेनन् । यसका साथै उनले कहिल्यै पनि मठ भन्दा बाहिरको संसार पनि देखेनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved